www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमणको आशंकामा तीन नेपाली र एक फ्रेन्च नागरिक अस्पताल भर्ना

आइसोलेसन वार्डबाट भागे कोरियाबाट आएका नेपाली

काठमाडौँ ।

कोरोनाको संक्रमणबाट बच्न देशैभर विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना भइरहेको छ । नेपालमा कोरोनाको डर खासै नभएको बताइरहे पनि जनमानसमा भने त्रास दिनदिनै बढिरहेको छ ।

कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक नेपाली भागेको समाचार बाहिरिएको छ।

Batas

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार कोरियाबाट आएर हिजो(बुधबार) उनी अस्पताल भर्ना भएका थिए। ती व्यक्ति अझै सम्पर्कमा नआएको र प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पतालले जानकारी दिएको छ।

अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.