www.tandavnews.com
Fact ~ In search of truth

आहा !रारा गोल्डकप शुरु, उद्घाटन खेलमा आयोजक र ब्रिगेड ब्वाईज भिड्दैँ

लता जोशी /विद्यार्थी पत्रकार,

तयडव न्यूज /पोखरा ।

मोफसलकै प्रतिष्ठित आहा १ रारा गोल्डकप आज (बिहीवार) बाट औपचारिक रुपमा सुरुवात भएको छ ।

Batas

सहारा क्लब पोखराको आयोजनामा यहि फागुन २२ देखी अर्थात आजदेखि चैत १ सम्म सञ्चालन हुने १८ औं संस्करणको फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दैँ मुख्यमन्त्री गुरुङले कोरोना भाइरसको चर्चा चलिरहेका बेला त्रासमा बस्ने भन्दा पनि स्वास्थ्यको ख्याल राख्दै सचेतना अपनाउन आग्रह गरे । उनले कोरोना भाइरसको त्रास फैलिरहेको समयमा सुरु भएको आहा रारा गोल्डकप प्रतियोगितालाई सफल तरिकाले सम्पन्न गर्नका लागी सबैको साथ र सहयोग जरुरी हुने बताए ।

उनले भने,‘ गण्डकी प्रदेश यसै पनि खेलकुदको हव हो । कारोना नेपालमा पनि भित्रिरहेको हल्लाका बाबजुद पनि यो प्रतियोगिता सुरु भएको छ, यसलाई सफल ढंगले सम्पन्न गर्नुपर्छ, यसका लागि हामी सबैले आफ्नो ठाउँबाट सहयोग गरौँ । ’

प्रतियोगितामा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट फुटबलर सुजल श्रेष्ठ सम्मानित भएका छन् । उनलाई नगद ३५ हजार, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ ।श्रेष्ठको कप्तानीमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालाई फुटबलमा स्वर्ण पदक दिलाएका थिए ।

प्रतियोगिताको उद्घाटन खेल अहिले आयोजक र ब्रिगेड ब्वाईज बिच प्रतिस्पर्धा भईरहेको छ ।यस वर्षको आहा रारा गोल्ड कप बिजेताले १० लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

डिफेन्डिङ च्याम्पियन रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मी सहित नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब, ब्रिगेड ब्वाईज, नेपाल पुलिस क्लब, एपीएफ क्लब, संकटा क्लब, झापा–११, गान्टोक सिटी फुटबल क्लब भारत र आयोजक सहारा क्लब सहित १० टोलीले प्रतिस्पर्धामा उत्रनेछन् ।

क्याराभान गोल्डकपबाट सुरु भई आहा १ रारा सम्म आईपुगेको यस प्रतियोगिताबाट बचत रकम सहारा फुटबल एकेडेमीका लागि खर्च गरिनेछ । तेस्रो व्याचको एकेडेमीमा पछिल्लो समय १४ जिल्लाका २४ जना बालक आश्रित रहेको आयोजकले जनाएको छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.