www.tandavnews.com
Fact ~ In search of truth

सितोरियो करातेको ‘इन्टरनेसनल टेक्निकल सेमिनार’ सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

सितोरियो करातेको इन्टरनेसनल टेक्निकल सेमिनार सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको सेमिनार आज बिहिबार सम्पन्न भएको हो ।

विश्व सितोरियो कराते महासंघका अध्यक्ष ग्राण्ड मास्टर हान्सी गेन्जो इवाताले खेलाडीहरुलाई टेक्निकल ट्रेनिङ दिए । उनले कराते खेलाडीहरुलाई सेमिनारमा सिकेका काता र विभिन्न दक्षतालाई निरन्तरता दिन सुझाए । नेपालप्रति सदैव नतमस्तक रहने उल्लेख गर्दै इवाताले पुनः नेपाल आउने जनाए ।

समापनको अवसरमा बोल्दै गौतब बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराते च्याम्पीयनसिपका अध्यक्ष राजीव कुमार थापाले यस प्रकारका सेमिनारहरु निरन्तर हुनुपर्नेमा जोड दिए ।

नेपाल सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कास्की अध्यक्ष सुरेन्द्र कुमार गुरुङले गरेका थिए ।

पोखरा रंगशालास्थित कभर्ड हलमा आयोजित सेमिनारमा देशभरमा २ सय बढी खेलाडीहरुको सहभागीता थियो । सेमिनारमा १ देखि ६ दानसम्मको परिक्षा समेत सम्पन्न भएको छ । परिक्षाको नतिजा केही दिनमा सितोरियो कराते महासंघ नेपालको वेबसाइटमा प्रकाशन हुनेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop