www.tandavnews.com
Fact ~ In search of truth

हावाहुरी र चट्याङ सहितको ठूलो वर्षाको सम्भावना

काठमाडौं ।

प्रि–मनसुन सुरु भएसँगै आज शुक्रबार ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वानुमान महाशाखाको अनुसार आज हावाहुरी चट्याङ असिनासहित ठूलो वर्षा हुने सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखा को अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज ठूलै वर्षा हुने सम्भावना देखिएको हो।

साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि रहेको बताइएको छ ।आज पश्चिमी क्षेत्रमा हावाहुरीरचट्याङरअसिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा यसको सम्भावना थोरै छ।

हावाहुरीरचट्याङरअसिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ। यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ।

वर्षा हुने, रोकिने र फेरि आधा एक घण्टापछि नै वर्षा हुने क्रम दोहोरिरहने देखिन्छ। यसले प्रि–मनसुनको वर्षा क्षणिक हुनुपर्ने भए पनि पटकपटक भइरहने भएकाले यसपाली लामै समय वर्षा हुने देखिएको महाशाखाले बताएको छ ।

यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने सम्भावना रहेकाले होसियारी अपनाउन महाशाखाको सुझाव छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीरअसिनासहित वर्षा हुने सम्भावना छ।

साथै शनिबार देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ।आइतबार रातिदेखि मात्रै मौसम सुधार हुने मौसम महाशाखाले आज (शुक्रबार) बिहान जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.