www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको कारण विश्वकप छनोटको खेल स्थगित

काठमाडौं ।

विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को संयुक्त बैठकले तत्कालका लागि एशियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो ।

Batas

बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल स्थगित गरिएको जनाएको छ । फिफाको निर्णयसँगै बिहीबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटअन्तर्गत समूह बी मा छैटौँ र सातौँ चरणको खेल नेपालमा हुने तय भएको थियो । जसमा नेपालले चाइनिज ताइपेयसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो ।

छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालले तीन अंक मात्र जोडेको छ । चाइनिज ताइपेयलाई पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अंक जोडेको कुवेत दोस्रो स्थानमा छ ।

त्यसैगरी समान १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा छ भने अंकविहीन रहेको चाइननिज ताइपेय अन्तिम स्थानमा छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.