www.tandavnews.com
Fact ~ In search of truth

गृह मन्त्रालयको आग्रहः होली नेखेल्नू, कोरोना सर्न सक्छ

काठमाडौं ।

यसवर्ष होली नखेल्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिने खतरा रहेको भन्दै यस वर्ष होली नमनाउन गृह मन्त्रालयले सबै नागरिकलाई आग्रह गरेको हो ।

Batas

होली मनाउन भिडभाड गर्ने, लोलापानी फ्याँक्ने, रङ र अबिर दल्ने गर्दा कोरोना भाइरस (कोभिड १९)संक्रमण फैलिन जोखिम बढ्ने भएकाले यसपटक होली नमनाउन गृहले विशेष आग्रह गरेको हो।

‘भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रम कोभिड १९ को सम्भावित जोखिमका सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलदीमा विगतमा जस्तै भिडभाड, भेला जम्मा हुने, लोलापानी फ्याँक्ने, शरीरमा रङ, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नरनगराउन हुन आम दाजुभाइ, दिदीबहिनीहरूमा अनुरोध छ,’ शनिबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले भनेको छ।

यस वर्ष फागु पूर्णिमा भोलि सोमबार परेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.