www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङद्वारा होलीपर्वको शुभकामना

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा (होलीपर्व) का अवसरमा स्वेदश तथा विदेशमा रहेएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं सुवास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै उनले पर्वले एकआपसमा बन्धुत्व, प्रेम र आपसी सद्भाव बढाई शान्त, समृद्ध एवं समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामनासमेत गरेका छन् ।

Batas

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएका सन्दर्भमा यस्ता विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योग्दान दिँदै आएको सन्देशमा मुख्यमन्त्री गुरुङले उल्लेख गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.