www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा ज्येष्ठ नागरिकलाई न्यानो र शीतल घर

पाल्पा ।

पाल्पामा ज्येष्ठ नागरिकलाई लक्ष्य गरेर न्यानो तथा शीतल हुने घर निर्माण भइरहेको छ ।

बालापनदेखिका साथीसँग वृद्धावस्थामा पुगेपछि दिन बिताएने चौतारी चर्को घामपानी र बतासमा सुरक्षित नभएपछि जाडो समयमा न्यानो तथा गर्मीमा शीतल हुने किसिमको घर निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले जानकारी दिए ।

Batas

तानसेन नगरपालिकाको ३७ लाख तथा जापानी समाजसेवी काजुमासा काकिमी ओकेबाजेको २० लाख आर्थिक सहयोगमा काम भइरहेको छ । करीब तीन करोडको लागतमा वृद्धघर बन्ने भएपछि स्थानीय ज्येष्ठ नागरिकमा खुशी छाएको छ ।

करीब दुई सय जना अट्ने क्षमताको घर तानसेन–९ दमकडामा निर्माण भइरहेको छ । यस्तो घर नेपालमै पहिलो हुने जिकिर वडा सचिव छविलाल भट्टराईले गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.