www.tandavnews.com
Fact ~ In search of truth

पाहुना टोलीलाई स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन थ्री स्टार आहा ! राराको सेमिफाईनलमा

पोखरा,
ताण्डव न्यूज।

पाहुना टोली गान्तोक सिटी एफसी सिक्किमलाई स्तब्ध पार्दै डिफेण्डिङ च्याम्पियन थ्री स्टार क्लब पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज (सोमबार) भएको खेलमा ३–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सेमिफाईनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।थ्री स्टारको जितमा सुशन श्रेष्ठले दुई र संजोक राईले एक गोलको योगदान दिए ।खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा थ्री स्टारले तीन गोल गर्यो ।

Batas

खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा सुशनले दुई गोल गर्दै थ्री स्टारले जित निकाल्यो । पाहुना टोलीले राम्रो मौका पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पर्यो ।

थ्री स्टारले सेमिफाइनलमा आयोजक सहारा क्लब पोखरालाई हराएर सेमिफाइनल पुगेको विभागीय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.