www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको उद्गमस्थल चीन पछि इटली, एकै दिन १०० को मृत्यु

काठमाडौं ।

कोरोनाले विश्वभर दिनदिनै महामारीको रुप लिइरहेको छ ।

कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको बेला युरोपेली मुलुक इटलीमा एकै दिन एक सय जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

Batas

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज (मंगलबार) बिहानसम्म इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ।

सोमबार एकै दिन सय जनाको मृत्यु भएपछि इटलीमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको हो।यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले देशभर आपतकालीन उपाय अपनाएको छ।

६ करोड जनसंख्या भएको इटलीका बसै बासिन्दालाई घरभित्रै बस्न त्यहाँका प्रधानमन्त्री जुजेप्पे कोन्टेलेले निर्देशन दिएको जनाइएको छ ।सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्।कोरोना भाइरसको संक्रमण तथा मृत्युको तथ्यांकले यो भाइरसको उद्गमस्थल चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक इटली देखिएको छ।

इटलीमा अहिलेसम्म ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमणको पुष्टि भएको छ।चीनमा अहिलेसम्म ३१ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। ८० हजार संक्रमित देखिएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.