www.tandavnews.com
Fact ~ In search of truth

‘कोभिड १९’ : गण्डकी प्रदेशको फितलो तयारी

सुशान्त गाहा मगर
पोखरा,ताण्डव न्यूज ।

‘कोभिड १९’ कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिरहेको छ । चीनको वुहान शहरमा देखा परेको सो भाईरस ७० बढि राष्ट्रमा संक्रमण देखा परिसकेको विश्व स्वास्थ्य सँगठनको तथ्याङ्कमा उल्लेख छ ।

चीनमा कम हुदै आएपनि तुलनात्मक रुपमा ईटलीमा बढ्दो क्रममा रहेको पाईएको छ । यसअघि विश्व स्वास्थ्य सँगठनका अनुसार नेपाल उच्च जोखिममा रहेको जनाईएको छ । नेपाल सरकारले सातै प्रदेशलााई तयारी गर्न निर्देशन दिए अनुरुपनै सम्पूर्ण प्रदेशले तयारी थालेको छ ।

‘कोभिड–१९’ कोरोना भाईरस रोकथामका लागि गण्डकी प्रदेशमा अनेकौं अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् ।

अन्तरक्रिया तथा सचेतना कार्यक्रमसँगै प्राविधिक रुपबाटै तयारी रहन पनि उत्तिकै आवश्यक छ । स्वाशप्रस्वाश तथा हावाको माध्ययमबाट सर्ने भएकाले बेड तयार भएर मात्रै रोकथाम नहुने सर्वसाधारणहरुको बुझाई छ ।

‘भोली पोखरामै संक्रमण देखियो भने, अस्पतालका डाक्टरहरुनै भागाभाग हुने अवस्था आउन सक्छ ।’ पोखरा १७ छोरेपाटनका हरिराम बास्तोलाले भने । उनले बेड मात्रै तैयार गरेर रोकथाम नहुने भन्दै प्राविधिक तवरबाटै तयारीमा लाग्नुपर्ने बताए । ‘कोरोना सँग सम्बन्धित तालिम दिएर हुन्छ कि कसरी हुन्छ, तयारी साँच्चिकै गर्नुपर्छ ’ बास्तोलाले भने ।

उनले कोरोनासँग त्रसित नभई सतर्कता अपनाउने खबर पढेको बताउदै भने ‘कोरोनाको रोकथाम तयारी र सतर्कता अपनाउने बारे समाचार देखिरहेका छौ पढेका छौ, बेड मात्रै छुट्याईएको भन्ने छ । प्राविधिक हिसाबबाट पनि मजबुत हुनुपर्याे नि । भोली पोखरामा देखा पर्याे भने के हाल होला सबै गाउँ फर्किने अवस्था हुनसक्छ ।’

Lama collectio News Middle

त्यसोत स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले बारम्बार सम्पूर्ण तयारी भैरहेको जानकारी दिईरहेको छ । निर्देशनालयका अनुसार पोखराको चरक मेमोरियलमा ३०, गण्डकी मेडिकल कलेजमा १५, मणिपाल अस्पतालमा १५ र जीपी कोईरालामा २० गरी ८० वटा बेड तयारी रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर विनोद विन्दु शर्माले तयारी तिब्र पारिएको बताए । उनले चिकित्सक तथा स्वास्थ्यकर्मी प्रयोग गर्ने व्यक्तिगत सुरक्षा पोशाक (पीपीई) गण्डकी प्रदेशमा कुल ६९ सेट रहेको बताए । ‘प्रदेश भरिका लागि ६९ छन्, उनले भने, ‘संकास्पद वा संक्रमित बिरामीलाई सेवा दिदा हेरचाह गर्दा व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने हो ।’

उनले संकास्पद बिरामी अस्पतालमा आएको खण्डमा बिरामीको घाँटीको स्वाव लिई (र्यालको नमुना लिने) काठमाडौ परिक्षणको लागि पठाईने बताए । ‘बढिमा २ दुई दिनमा रिजल्ट आउँछ । टाढा छ, पोखरा नै भएको भए १ घण्टा मै आउथ्यो ।’

डा. शर्माले पोखरामै कोरोनाको संक्रमण भए नभएको परिक्षण गर्न नसकिने बताए । ‘पिसीआर भन्ने डिभाईस हुन्छ त्यो पोखराको २/३ ठाउँमा छ त्यो मात्रै भएर हुदैन (बायो सेफ्टी) लेभल २ को ल्याब ईन्भाईरोमेण्ट पनि हुनपर्छ, उनले भने, ‘जहाँ चाँही भाईरल भाईरसको चेक गर्ने क्रममा त्यसको ईन्फेक्सन स्वास्थ्यकर्मीहरुलाई नआओस भन्ने हो । त्यो खालको ल्याब हुनुपर्छ ।’

उनले क्वारेन्टाईनको लागि हिजो (सोमबार) कास्कीका प्रमुख जिल्ला अधिकारी तथा प्रदेश गृहमन्त्री लगायतको टिम बैठक बसेको बताउदै स्थान अवलोकन गरेको समेत बताए । उनले आईसोलेशन कक्षको लागि तयारी भैरहेको बताए । ‘बिरामी नै नहुदा बेड मात्रै हुन्छ, उनले भने, ‘अहिले नै कोरोना संक्रमित बिरामी आओस भन्ने त सोच्न भएननी यदि आएको खण्डमा सबै अस्पतालहरु आईसोलेशन कक्षको लागि तयारी नै छ ।’

उनले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाईरससँग सम्बन्धित तालिम दिदै आएको बताए । ‘प्रत्येक अस्पतालबाट ५ जनाको नाम पठाउनुस भनेका छौ नाम आएपछि हामी उहाँहरुलाई तालिम दिन्छौ त्यसपछि तयारी मजबुत हुन्छ ’ उनले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery