www.tandavnews.com
Fact ~ In search of truth

नेपाल एयरलाइन्सले रोक्यो कतार उडान

काठमाडौं ।

 

कोरोना भाइरसको त्रासका कारण कतारले नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएसँगै नेपाल एयरलाइन्सले कतार उडान स्थगित गरेको छ ।

सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सले आज मंगलबारदेखि नै लागू हुने गरि कतारका सबै उडान रोक्ने निर्णय गरेको हो। यसअघि हिमालयन एयरलाइन्सले उडान रोकिसकेको छ । नेपाल एयरलाइन्सले यात्रुको चाप रहेको भन्दै उडान नरोक्ने जनाएको एक दिनमै उक्त निर्णयबाट पछि हटेको हो। नेपाल एयरलाइन्सको अनुसार तत्काललाई कतार जाने निगमका सबै उडान रोकिएको छ ।

Batas

कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.