www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप

तनहुँ ।

तनहुँ जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार ७६४ बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

Batas

अभियानको क्रममा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

उनका अनुसार जिल्लामा दुई चरणमा अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा चैत १ गतेदेखि ९ गतेसम्म ३७ वडामा र दोस्रो चरणमा चैत १० गतेदेखि १८ गतेसम्म ४८ वडामा अभियान सञ्चालन गरिनेछ ।

पहिलो चरणमा व्यास नगरपालिकाको श्याम्घा, कात्तिकेचौर, सतिस्वाँरा, गजुरे, रिस्ती, शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा, खैरेनीटार, ढोरफिर्दी, फिरफिरे, राईपुर, थप्रेक, भिमाद नगरपालिकाको भानुमति, अरुणोदय, किहुँ, माझकोट, भानु नगरपालिकाको ज्यामरुक, रुपाकोट, चिसापानी, घिरिङ गाउँपालिकाको साभुङहटिया, घिरिङ, गजरकोट र ऋषिङ गाउँपालिकाको रानीपोखरी, राम्जाकोट, कोटदरबारमा अभियान सञ्चालन हुनेछ ।

दोस्रो चरणमा व्यास नगरपालिकाको घाँसीकुवा, पोखरीभञ्ज्याङ, केशवटार, तनहुँसुर, भानु नगरपालिकाको पुरनडिही, वसन्तपुर, पुर्कोट, बन्दीपुर गाउँपालिकाको बन्दीपुर, धरमपानी, आँबुखैरेनी गाउँपालिकाको देउराली, छिम्केश्वरी, म्याग्दे गाउँपालिकाको थर्पु, जामुने, मनपाङ, देवघाट गाउँपालिकाको सिन्च्याङगढी, बैदी, छिपछिपे, कोटा र ऋषिङ गाउँपालिकाको काहुँशिवपुर र भिरकोटमा अभियान सञ्चालन हुनेछ ।

अभियानका लागि ५३० खोप केन्द्र तोकिएका छन् भने २०४ खोपकर्ता परिचालन हुनेछन् । त्यस्तै एक हजार ६० स्वयंसेवक परिचालन गरिने कार्यालयले जनाएको छ । खोप तथा कोल्डचेन स्वास्थ्यकर्मीमार्फत् खोप केन्द्र नजिकका स्वास्थ्य संस्थामा पुर्याइएको छ ।

समुदायमा दादुरा रुबेला रोगविरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको सङ्ख्यामा उल्लेख कमी ल्याई यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शून्य अवस्थामा पुर्याउन अभियान सञ्चालन गर्न लागिएको हो ।

खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महिना संस्थागत खोपकेन्द्र, साविकका गाविसको वडामा कम्तीमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाह्य खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकड क्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तीमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ ।

खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालीम तथा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.