www.tandavnews.com
Fact ~ In search of truth

राम आधारभूत विद्यालयमा अनुगमन, शिक्षक पुग्छन् विद्यालय समय भन्दा ढिला!

पोखरा,
ताण्डव न्यूज ।

पोखरा वडा नम्बर ८ स्थित राम आधारभूत माध्यामिक विद्यालयमा वडा शिक्षा समितिले अनुगमन गरेको छ । अनुगमनको क्रममा विद्यालयका ७ शिक्षक शिक्षिका विद्यालय समय भन्दा ढिला गरि विद्यालय पुग्ने गरेको वडा सदस्य तथा वडा शिक्षा समितिकी सदस्य किरण गौतमले जानकारी दिइन् ।

विद्यालय व्यवस्थापन समितिले यसअघि पनि ती शिक्षकशिक्षिकालाई चेतावनी दिदैँ आइरहेको भए पनि नियमको पालना नगर्ने उनीहरुलाई वडा शिक्षा समितिले अनुगमनको क्रममा समयको वेवास्ता गरेको भेटाएको हो । समयको ख्याल नगरी विद्यालय पुग्ने ती शिक्षक शिक्षिकाको हाजिरीमा रातो लगाएको गौतमले बताइन् ।

Batas

समयको लापवाही गर्ने ती शिक्षकशिक्षिकाले आगामी दिनमा पुन यहि गल्ति दोहोर्याए उनीहरुलाई शिक्षा समितिको नियम अनुसार कारबाही गर्ने सदस्य गौतमले जानकारी दिएकी छिन् ।
विद्यालय पुग्नुपर्ने समय भन्दा ढिला पुग्ने सबै शिक्षक अस्थायी/ करारका शिक्षक भएको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.