www.tandavnews.com
Fact ~ In search of truth

डिफेण्डिङ च्याम्पियन थ्रीस्टारलाई हराउदै पुलिस क्लब आहा! राराको उपाधि नजिक

लता जोशी /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज /पोखरा ।

विभागीय टिम नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज ९बुधबार० भएको पहिलो सेमिफाइनल खेलमा डिफेण्डिङ च्याम्पियन थ्रीस्टार क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा निर कुमार राईले दुई गोल र टिम कप्तान भरत शाहले एक गोलको योगदान दिए ।पहिलो हाफको दशौँ मिनेटमा कप्तान भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । दोस्रो हाफमा पुलिसले दुई गोल थप्दै उपाधि नजिक पुग्यो ।

खेलको ५१ औं मिनेटमा र ७२ औं मिनेटमा निरले व्यक्तिगत दुई गोल गर्दै पुलिसलाई ३–० को गोल अन्तरले टिमलाई सहज जित दिलाए । उक्त खेलबाट पुलिस कलबकै निर म्यान अफ दि म्याच घोषित भए । यता डिफेण्डिङ च्याम्पियन थ्रीस्टारले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा लज्जास्पद हार ब्योर्न पर्यो ।

अब पुलिस क्लबले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.