www.tandavnews.com
Fact ~ In search of truth

‘गैरकानुनी’ काम गर्ने मिसेललाई अमेरिका फर्कन अध्यागमनको निर्देशन

अर्जुन गिरी ,
ताण्डव न्यूज ।

समाज सेवाको नाममा होस या आफ्नो व्यक्तिगत संस्था खोल्दा किन नहोस वेबसाइडबाट ‘गैरकानुनी’ रुपमा चन्दा उठाएकी अमेरिकी नागरिक मिसेल अलेक्जेन्ड्रा विल्सलाई अध्यागमन विभागले आफ्नो देश फर्कन निर्देशन दिएको छ ।

जुन भिषामा बसेको सोही अनुसार काम नगरी ‘गैरकानुनी’ काम गरेको हुनाले मिसेललाई आफ्नो देश अमेरिका फर्कन निर्देशन दिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले ताण्डव न्युजसँग फोन मार्फत बताए । ‘मिसेलको विजनेस भिषा हो तर चन्दा उठाएको देखिन्छ,’ उनले भने, ‘गलत काम गरेको पाइएको हुनाले मिसेललाई हामीले आफ्नो देश फर्कन समय तोकेका छौ ।’

Batas

मिसेलले पोखरामा सञ्चालन गर्दै आएको लर्निङ हाउस नामक कम्पनी बन्द गर्न समय दिएको पौडेलले बताए । ‘कम्पनी बन्द गर्ने प्रक्रिया हुन्छ,’ उनले भने, ‘सोही कम्पनी बन्द गर्न व्यवहार मिलाउन समय दिएका हौं ।’ कानुन विपरित काम गर्ने जसलाई पनि कारवाही हुने उनको भनाई थियो ।

‘जोही विदेशी होस या स्वदेशी किन नहोस कानुनको पालना सबैले गर्नु पर्छ,’ उनले भने, ‘यस अघि पनि गलत गर्ने विदेशीलाई कारवाही स्वरुप आफ्नै देश फर्काइएको थियो, मिसेल पनि केही हप्ता भित्र आफ्नो देश फर्किनु पर्छ ।’मिसेलको अप्ररील ६ तारिक अर्थात चैत्र २४ गतेसम्मको भिषा समय अवधि छ । सोही समय अवधि भित्र मिसेलले आफ्नो काम पुरा गर्न पर्ने छ ।

 

मिसेल सम्बन्धी प्रमाण सहित हामीले प्रकाशन गरेका न्यूजहरु :

अमेरिकननागरिकमिसेलबिरुद्धपोखरामाउजुरी 

 

मिसेलकोअर्कोकाण्ड : ‘समाजसेवाकोनाममाकमाउधन्दा’
‘मिसेलकाण्ड’ अख्तियारमाफाइल
कानुनबर्खिलापअमेरिकीमिसेलको ‘कमाउनेमिसन’ !
लर्निङहाउसकोप्रतिक्रिया, हाम्रोप्रमाणसहितकोसमाचार
मिसेलकाण्डःसम्भावित ‘इन्भेस्टिगेसनस्ट्राटेजी’
‘कमाउधन्दा’ ढाकछोपगर्नग्रुपगुहार्दैमिसेल

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.