www.tandavnews.com
Fact ~ In search of truth

लोक दोहोरी दिवसको अवसरमा वृद्धा आश्रममा खाद्यान्न सहयोग

पोखरा ।

लोक तथा दोहोरी गीतको क्षेत्रमा क्रियाशील कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कास्कीले आज(विहिबार) मानव सेवा आश्रम पोखरा १७ छोरेपाटनमा खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

१९ औं वार्षिकोत्सवको अवसरमा यस वर्षबाट फागुन २९ गतेलाई ‘लोक दोहोरी दिवस’का रुपमा मनाउने निर्णय अनुसार प्रतिष्ठान कास्कीले सामाजिक काम गरेको हो । यो वर्षबाट प्रत्येक बार्षिकोत्सवको अवसरमा ‘लोक दोहोरी दिवस’ मनाउनुका साथै यस अभियानलाई निरन्तरता दिने कुरामा बिश्वस्त रहेको बताए ।

Batas

कार्यक्रममा माननिय सांसद ईन्द्रधारा विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । प्रमुख अतिथि विष्टले खाद्यान्न वितरण गर्दै वृद्धाआश्रममा प्रतिष्ठानले गरेको काम प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता सामाजिक कार्यक्रम गर्न सुझाब दिएका थिए ।

उनले आश्रममा के कति वद्धाहरु रहेका छन् यसको लेखा जोखा राख्नुपर्नेमा जोड दिए । उनले भने नेपाल सरकारबाट प्राप्त हुने सेवा सुविधा पाउन पनि वृद्धाहरुको परिचयपत्र हुनुपर्ने बताउदैँ यसमा आफुले सक्दो सहयोगका लागि ढोका ढकढकाउने बताए ।

कार्यक्रममा मानवसेवा आश्रमका अध्यक्ष राजन सुवेदीले कलाकारले गित मात्र गाउदा रहेछन भन्ने लागेको थियो तर सामाजिक कार्यमा पनि उत्तिकै दख्खल रहेकोमा खुशी व्यक्त गरे । सहयोग सानो ठुलो हुदैन मन ठुलो बनाउन सके सबै चिज प्राप्त गर्न सकिने उनले बताए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष टेक बहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदीले स्वागत गरेको कार्यक्रममा संस्थाका सचिव माधव चापागाईले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा प्रतिष्ठानसँग आवद्ध सल्लाहाकार,संरक्षक तथा शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सस्थाका सल्लाहकार इन्द्रधारा बिष्टले १५ हजार र संरक्षक तारापती सुवेदीले पनि १५ सय रुपैयाँ थप रकम सहयोग गरे।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.