www.tandavnews.com
Fact ~ In search of truth

मनाङ मर्स्याङ्दी आहा ! रारा गोल्डकपको फाईनलमा, उपाधिका लागि पुलिस क्लबसँग भिड्ने

प्रतिक्षा बास्तोला /विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/ पोखरा ।

नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा १ रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज ९बिहिबार० भएको दोस्रो सेमिफाईनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङ फाईनलमा प्रवेश गरेको हो ।मनाङको जितमा फ्लोरेन्ट, विमल राना र अन्जन बिष्टले समान एकरएक गोलको योगदान दिए भने आर्मीका लागि भरत खवास र दिप कुमार लामाले एकरएक गोल फर्काए ।

Batas

खेलको चौथो मिनेटमा फ्लोरेन्टले गोल गर्दै मनाङलार्ई अग्रता दिलाए । त्यस्तै २९ औं मिनेटमा अन्जन विष्टको पासमा बिमल राना मगरले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।खेलको ८१ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाए । आर्मीका विकास तामाङको गल्तिमा काउन्टर अट्याकमा विमल राना मगरले मिलाई दिएको पासमा अन्जनले वान भर्सेस वानमा किपरलाई बिट गर्दै गोल गरे ।

यसअघि आर्मीका लागि ४२ औं मिनेटमा कप्तान भरतले र ८३ औं मिनेटमा दिप लामाले गोल समान एकरएक गोल फर्काएका थिए ।अब मनाङले आगामी शनिबार विभागिय नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।पहिलो सेमिफाइनलमा डिफेण्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गर्दै पुलिस उपाधि नजिक पुगिसकेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.