www.tandavnews.com
Fact ~ In search of truth

नगर विकास प्रशिक्षण केन्द्रमा कोरोना सचेतना कार्यक्रम

कोरोना सचेतना सम्बन्धि मन्त्रीपरिषदको यस्तो निर्णय

प्रतिक्षा बास्तोला /पत्रकार विद्यार्थी

ताण्डव न्यूज/पोखरा ।

नगर विकास प्रशिक्षण केन्द्रमा (कोभिड–१९) कोरोना भाईरस सम्बिन्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्यहरु, कर्मचारी लगायतको उपस्थितिमा कोरोना सचेतना सम्बन्धि कार्यक्रम गत बुधबार सम्पन्न भएको हो ।

Batas

मणिपाल अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डाक्टर सिपी आचार्यले सो अवसरमा कोरोना भाईरसको बारेमा त्रसित भन्दा सतर्कता अपनाउनुपर्ने धारणा राखे । विश्व स्वास्थ्य सँगठनले नेपाललाई उच्च जोखिम राष्ट्रमा देखाएको बताउदैँ सबैले संक्रमणबाट बच्नको लागि सचेत हुन अपरिहार्य रहेको बताए ।

उनले कोरोना भाईरसको लक्षण तथा बच्ने उपाएको बारेमा बोल्दै सरसफाईमा विशेष ध्यान दिनुपर्ने औल्याए । उनले प्राविधिक टोली सहित गण्डकी प्रदेश सरकार पूर्व तयारीमा लाग्नुपर्ने तर्क राखे । उनले ईन्फेक्सेस डिजिज अस्पतालको विशेष भुमिका रहने बताउदैँ प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतले बोलका थिए ।

२०७६ फागुन २२ गते गण्डकी प्रदेश, मन्त्रीपरिषदको बैठकले गरेको निर्णयः

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.