www.tandavnews.com
Fact ~ In search of truth

सार्क राष्ट्रसमक्ष मोदीको यस्तो प्रस्तावः’कोरोनाविरुद्ध एक भएर लडौँ’

काठमाडौं ।

कोरोनाले रोकिने भन्दा पनि फैलिने क्रम बढेसँगै विश्वका उच्चपदस्थ राजनितिज्ञ व्यक्तिमा चिन्ता बढेको छ । देशका जनतालाई सुरक्षित राख्नका लागि विश्वभरका सरकारी निकाय लागि परेका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्कको नेतृत्वमा कोरोना भाइरसको संक्रमणविरुद्ध एक भएर लड्ने प्रस्ताव राखेका छन्।आज (शुक्रबार) ट्वीटरमार्फत उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेतृत्वमा कोरोना भाइरसविरुद्ध लड्न बलियो रणनीति बनाएर अघि बढ्न आह्वान गरेका हुन् ।

उनले आफ्ना नागरिकलाई कोरोना भाइरसबाट जोगाउने विषयमा भिडियो कन्फरेन्समार्फत छलफल गर्न सकिने पनि बताएका छन् । मोदीले सार्क राष्ट्र सँगै कोरोना भाइरसविरुद्ध लडेर विश्वलाई नै उदाहरण देखाउन सक्ने पनि बताएका छन् ।

Batas

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.