www.tandavnews.com
Fact ~ In search of truth

विश्व शान्तिको कामना सहित कोरोना भाईरस रोकथाम गर्न ‘ट्हो त्हेँ’

लता जोशी/विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

विश्व शान्तिको कामना तथा महामारीका रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाईरस रोकथाम गर्ने उद्देश्य सहित तमु प्हे ल्हु सँघ केन्द्रिय समितिले ‘ट्हो त्हेँ पूजा’ गर्ने भएको छ ।

Batas

प्रत्येक वर्ष गर्दै आएको चैतको पहिलो मंगलबार (४ गते) पोखरा महानगरपालिका ११ रानीपौवा स्थित शक्तिघाटमा करिब ५० तमु धर्म गुरुहरुद्वारा ‘ट्हो त्हेँ पूजा’ गर्ने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

केन्द्रिय समितिका महासचिव हर्क तमुले उक्त पूजा (यज्ञ) हरेक वर्ष गरिदै आएको बताउदै सोही अनुरुप यस वर्ष समेत पूजालाई निरन्तरता दिन लागेको जानकारी दिए । उनले पछिल्लो समय विश्वभर फैलिरहेकको कोरोना भाईरस रोकथाम गर्ने उद्देश्य रहेको बताए ।

तमुले गण्डकी प्रदेशका पच्यु, क्ल्हेप्री तथा वोन्पो लम र पैंडीहरुद्वारा उक्त पूजा गरिने बताए । पच्युले खिमी त्हें, क्ल्हेप्रीले थासो त्हें र वोन्पो लमले सिर्गेम त्हें ष्स् छ्योत्रे स्थापना गरिने समेत महासचिव तमुले जानकारी दिए । उनले गाउँघरमा ट्हो त्हेँ गरी रोगव्याधीबाट मुक्त हुने तथा लगाएको अन्नबाली जोगाउने एवं प्राणीजगत रक्षा हुने विश्वास रहेको उल्लेख गरे ।

उक्त यज्ञमा गण्डकी प्रदेश मुख्यमन्त्री परिषदको कार्यालयबाट अक्षेता पानी लगि यज्ञमा राखिने बताउदै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थिति समेत रहने तमुले बताए । उक्त पूजा सम्पन्न गर्न करिब ७ लाख लाग्ने आयोजकले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.