www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको गलेश्वरधाममा आठ महिनामा २२ लाख भेटी

म्याग्दी ।

पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब २२ लाख भेटी संकलन भएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा २१ लाख ८२ हजार ६०७ भेटी संकलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

Batas

गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनका अनुसार धार्मिक पर्यटनको आकर्षक तीर्थस्थलको रुपमा विकसित हुँदै गरेको गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, चितवन, कास्की, तनहुँ, काठमाडौँ, झापा, सुनसरीबाट दर्शनार्थी तथा तीर्थयात्री आउने गरेका छन् । ‘मन्दिरमा चालु आर्थिक वर्षको गत साउन महिनादेखि फागुन मसान्तसम्म करिब २२ लाख भेटी संकलन भएको छ’, कोषाध्यक्ष पुनले भने ।

कोषाध्यक्ष पुनका अनुसार सबैभन्दा धेरै आर्थिक संकलन साउन महिनामा भएको छ । साउनमा भक्तजनले चढाएको ११ लाख आठ हजार ३४० भेटी संकलन भएको हो ।

त्यस्तै साउने सोमबार, बालाचर्तुदशी, शिवरात्रि आदि पर्वमा भेटी संकलन भएको हो । कोषका कार्यालय सचिव रामबहादुर बानियाँका अनुसार भदौ महिनामा रु एक लाख छ हजार १५७, असोजमा  तीन लाख २७ हजार ४०२, कात्तिकमा दुई लाख एक हजार ४०६, मंसिरमा तीन लाख ५५ हजार ६७०, पुसमा ७४ हजार ८५०, माघमा एक लाख ६६ हजार ५२० र फागुनको हालसम्म मेला शिवरात्रि पर्वबाट दुई लाख २२६ संकलन भएको छ ।

अहिले पनि दैनिकजसो म्याग्दीसहित विभिन्न जिल्लाबाट २०० देखि ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।

गत आर्थिक वर्षमा गलेश्वरधाममा वन कार्यालयको आठ लाख र कोषको दुई लाख लगानीमा बहुउद्देश्य पार्क निर्माण, एक लाख ७४ हजारको लगानीमा आठ वटा सिसी क्यामरा र बाहिरबाट दर्शन र मन्दिरको बारेमा जानकारी लिनको लागि कोषले गलेश्वर डट कम नामको बेवसाइटसमेत बनाएको केसीले जानकारी जानकारी दिए ।

गलेश्वरमा जति पनि भौतिक निमार्णका कार्य भइरहेका छन् ती धेरैजसो भक्तजनले दान गरेको भेटीबाटै भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.