www.tandavnews.com
Fact ~ In search of truth

दार्जिलिङमा पहिरोमा परि एकै परिवारका ३ को मृत्यु

दार्जिलिङ ।

दार्जिलिङमा पहिरोले पुरिदाँ एकै परिवारका ३ जनाको ज्यान गएको छ ।

सुतिरहेका बेला घरमाथिबाट खसेको पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको हो।

Batas

दार्जिलिङस्थित रिम्बिक लोधो क्षेत्रको तामाङ गाउँमा आज (शनिबार) बिहान करिब ४ बजे खसेको पहिरोमा परी स्थानीय ३० वर्षीय निमा तामाङ (पति), २७ वर्षीया चन्द्र तामाङ (पत्नी) र ५ वर्षे छोरो नियाल तामाङको मृत्यु भएको हो।

निमाकी छोरी सन्ध्या तामाङ भने केही दिनअघि मामा घर गएकीले बाँच्न सफल भएको जनाइएको छ ।तामाङ परिवारले तानेको खानेपानीको पाइप खुलै छाडिएका कारण रातभर माटो गलेर पहिरो गएको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.