www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका ईश्वर र चित्रकुमारी ‘पुलिस अफ दि मन्थ’

‘पुरस्कार पाउन गाह्रो छ, ‘मेन्टेन गर्नुहोला’ – एसपी कार्की

सरिता जिसी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज/पोखरा ।

कास्की प्रहरीले हरेक महिना प्रोत्साहान स्वरुप प्रदान गर्दै आएको उत्कृष्ट प्रहरीको उपाधि प्रहरी जवान ईश्वर खनाल र चित्रकुुमारी कुँवरले पाएका छन् ।

Batas

जिल्ला प्रहरी कार्यालयमा आज (शनिबार) आयोजित एक कार्यक्रमका बिच जिल्ला प्रशासन कक्षमा कार्यरत प्रहरी जवान खनाल र महिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रमा कार्यरत कुँवरले फागुन महिनाको उत्कृष्ट प्रहरीको उपाधि पाएका हुन् ।

उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत प्रहरी जवान द्वय खनाल र कुँवरलाई कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले प्रशंसा पत्र प्रदान गर्दै खनाललाई भने, ‘हिडन हिरो ।’ कार्कीले कुुँवरलाई प्रशंसा पत्र प्रदान गर्दै भने, ‘सानी भएपनि काम ठुलो छ ।’

प्रहरी उपरिक्षक कार्कीले प्रशंसा पाउनसँगै जोगाउन समेत गाह्रो हुने बताउदै आगामी दिनमा अझ राम्रो काममा अग्रसर हुनुपर्नेमा जोड दिए । ‘पुरस्कार पाउन गाह्रो छ, कार्कीले भने, ‘मेन्टेन गर्नुहोला ।’

सोही कार्यक्रमका बिच उत्कृष्ट कार्य सम्पादन गरेकोे भन्दै मुद्धा शाखामा कार्यरत प्रहरी निरिक्षक नरहरी अधिकारी, अप्रेशन कमाण्डर प्रहरी निरिक्षक दिपक केसी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी हवल्दार मेघनाथ पौडेल, प्रहरी कार्यालय कास्कीमा कार्यरत सन्तोष कुमार ठाकुर, प्रहरी जवान हुम बहादुर देवकोटा, रमेश नेपाली (सादा पोशाक) र किशोर अधिकारीलाई नगदले पुरस्कृत गरिएको थियो ।

कास्की प्रहरीका अनुसार प्रहरी निरिक्षकलाई एक हजार, प्रहरी हवल्दारलाई सात सय र जवानहरुलाई छ सय रुपैयाको दरले प्रदान गरिएको थियो ।

बढुवा प्रहरी हवल्दारलाई फूली

जिल्ला प्रहरी कार्यालय कास्की, तनहुुुँ र बागलुङको मातहतमा कार्यरत बढुवा प्रहरी जवानलाई हवल्दारको फूली प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालयक प्रशासन शाखाको पत्र अनुसार फागुन २९ गते दज्र्यानी बढुवा भएका १८ जनालाई कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले हवल्दारको फूली प्रदान गरे । कास्की प्रहरीका अनुसार दज्र्यानी बढुवा हुनेहरुमा कमल चौधरी, मोहन सिंह थारु, टेक बहादुर पुन, भक्त बहादुर नहर्र्की, तिलक आले मगर, हिम बहादुर सुनार, भिम बहादुर राना, भगवान बाँनिया, अर्जुन प्रसाद पौडेल, अशोक पंगेनी, फर्स बहादुर खत्री, शुन्दर कुँवर, गौतम ह्यायु, गंगा श्रेष्ठ, गोविन्द शर्मा, दिपक काउछा र विशाल राना मगर रहेका छन् ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.