www.tandavnews.com
Fact ~ In search of truth

मनाङलाई छैटौं पटक आहा !रारा गोल्डकपको उपाधि

प्रतिक्षा बास्तोला/विद्यार्थी पत्रकार,
ताण्डव न्यूज/ पोखरा ।

सहारा क्लब पोखराको आयोजनामा सम्पन्न १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

पोखरा रंगशालामा हिजो (शनिबार) भएको फाईनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङ छैटौं पटक आहा रारा गोल्डकपमा च्याम्पियन बन्यो ।

Batas

च्याम्पियन बनेसँगै मनाङले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १० लाख १ हजार प्राप्त गर्यो भने उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताबाट सर्बोत्कृष्ट खेलाडीका रुपमा नेपाल पुलिस क्लबका अजित भण्डारी घोषित हुदै स्कुटर प्राप्त गरे । त्यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मनाङका अशोक बराल, उत्कृष्ट मिडफिल्डरका रुपमा सोही क्लबकै नितिन थापा मगर, उत्कृष्ट स्ट्राईकरका रुपमा मनाङकै अञ्जन बिष्ट र उत्कृष्ट डिफेण्डरका रुपमा सोही क्लबकै सुरज बिक घोषित भए । प्रतियोगिताबाट उत्कृष्ट प्रशिक्षकको रुपमा मनाङकै फुजा टोप पुरस्कृत बने ।

बिजेता तथा उपबिजेता टिमलाई समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल, अखिल नेपाल फुटबल सँघका अध्यक्ष कर्मा छिरिङ शेर्पा, सहारा युकेका पदाधिकारी तथा प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।

यसअघि प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा समेत गोलरहितमा बराबरी भएपछि नतिजाका लागि खेल टाइब्रेकरमा पुगेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.