www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाको केन्द्र बन्दैँ युरोपेली राष्ट्र, एकै दिन ५०० को मृत्यु

एजेन्सी ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या बढ्ने क्रम अझै पनि जारी रहेको छ ।कोरोना भाइरस संक्रमणका कारण हिजो(आइतबार) एकै दिन ५ सयभन्दा बढी मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युरोपका तीन देश इटाली, स्पेन, बेलायत र फ्रान्समा मात्रै आइतबार ४७९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बताएको छ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोरोना संक्रमण फैलिएयता आइतबार एकै दिन सबैभन्दा बढी बिरामीको मृत्यु भएको हो।

Batas

पछिल्लो समय कोरोना भाइरसको महामारीको केन्द्रबिन्दु युरोपेली राष्ट्र बेनेको छ ।कोरोना भाइरसका कारण आइतबार एकै दिन इटालीमा ३६८ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ।

यस्तै स्पेनमा आइतबार एकै दिन ९७ संक्रमितको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २८८ पुगेको स्पेनी स्वास्थ्य अधिकारीले जनाएका छन्।यस्तै आइतबारै फ्रान्समा २९ जनाको मृत्यु भएको छ। योसँगै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल संख्या १२० पुगेको छ।

यसैगरी बेलायतमा पनि आइतबार एकै दिन १४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ३५ जनाको मृत्यु भइसकेको छ।

अहिलेसम्म विश्वभर कोरोनाका कारण कूल ६ हजार ६५ जनाको मृत्यु भएको छ। तीमध्ये चीनका मात्रै ३ हजार ८५ जना छन्।यस्तै विश्वभरमा अहिलेसम्म संक्रमितको संख्या १ लाख ६२ हजार ६८७ पुगेको छ। त्यसमा चीनका मात्रै ८१ हजार ३ जना छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.