www.tandavnews.com
Fact ~ In search of truth

डाइभर्सिटी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने अमेरिकाको निर्णय

काठमाडौं ।

अमेरिकाले डाइभर्सिटी र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने भएको छ ।

भोली मंगलबारदेखि लागु हुने गरि डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ ।कोरोना संक्रमणले विश्वव्यापी रूपमा महामारी फैलाइरहेकाले यस्तो निर्णय गर्नुपरेको दुतावासले जनाएको छ ।

भिसा आवेदकहरूका लागि कोभिड-१९ सम्बन्धी सूचना:२०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेको छ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । दूतावासका अनुसार, यसको प्रयोग एक वर्षभित्र जहाँ खरिद गरिएको हो, सोही मुलुकको भिसा आवेदनका लागि प्रयोग हुनेछ ।

कुनै आपतकालीन अवस्था छ भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले आग्रह गरेको छ । ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.