www.tandavnews.com
Fact ~ In search of truth

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा ‘दिनेश सिटौला’

पोखरा
ताण्डव न्यूज ।

चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन् । सोमबार काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनमा सिटौलालाई भारी मतले अध्यक्षमा निर्वाचित गरेको हो ।

सिटौलाले खसेको १३८ मत मध्ये ७० मत प्राप्त गरे भने प्रतिद्धन्द्धी डब्बु क्षेत्रीले ३०, अनिल यादव र गीता अधिकारीले समान १४ मत प्राप्त गरे ।

Batas

संघको उपाध्यक्षमा जीवन पराजुली, महासचिवमा समीर बलामी, सचिवमा रघुनाथ सापकोटा, सह— कोषाध्यक्षमा विनोद पोखरेल निवार्चित भए ।

उपाध्यक्ष(सङ्गठन)मा कुबेर डंगोल, उपाध्यक्ष(महिला)दीपज्योती थापा, कोषाध्यक्षमा प्रदीप कार्की, सचिव(समावेशी) बिशाल राइ हसिन, सदस्य(महिला)मा सुरेक्षा भट्टराई निर्विरोध चयन भए ।

सदस्यहरुमा आशिष ओली , गोपी कृष्ण चापागाइ, मिलन ढुङ्गाना ,मनिष अन्जान,नवीन गिरी र सृष्टी पोखरेल निर्वाचित भएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.