www.tandavnews.com
Fact ~ In search of truth

पनौतीमा टिप्परको ठक्करबाट आमा छोरीको मृत्यु,प्रदर्शनकारीले चलाए गोली,अहिले कर्फ्यु

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोक जिल्ला पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि स्थानीय प्रर्दशनमा उत्रिएका छन् । हिजो (सोमबार) पनौती नगरपालिका–५ मानेश्वरी बसपार्कमा टिपरको ठक्कँरबाट पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।

बा ५ ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

उनीहरुको मृत्यु पश्चात आफन्तजन तथा स्थानीयले प्रदर्शन गरी ढुगांमुढा गरेका थिए । आक्रोशित भिड बढ्न थालेपछि भिडलाई नियन्त्रण गर्न पनौतीमा अनिश्चितकालीन कर्फ्यु लगाइएको प्रहरीले जनाएको छ । आज बिहान नौ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रदर्शनकारीको तर्फबाट गोली चले पछि प्रहरीले २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी र केही प्रदर्शनकारी समेत घाइते भएको प्रहरीले जनाएको छ । हिजो प्रदर्शनकारीबाटै गोली चलेको र आजपनि अप्रिय घटना हुन नदिन प्रशासनले कर्फ्यु जारी गरेको बताएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.