www.tandavnews.com
Fact ~ In search of truth

जनताको घरघरमा पुगी कोरोनाबारे सचेतना जगाउन काँग्रेस नेता सिंहको निर्देशन

काठमाडौं ।

कोरोनाको चर्चा चुलिरहेको बेला राजनीतिक शिर्ष नेताहरुले आफ्नो अस्तित्व जोगाइराख्नका लागि विभिन्न रणनिति र योजनाहरु बनाइरहेका छन् ।

यसैबीच नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्ना जनप्रतिनिधी र नेताहरुलाई जनताको घरघरमा पुगी कोरोना भाइरसबारे जनचेतना जगाउन निर्देशन दिएका छन् ।काठमाडौं महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र नेताहरुलाई सिंहले यस्तो निर्देशन दिएका हुन् ।

Lama collectio News Middle

मंगलबार काठमाडौं महानगरपालिकामा कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु र पार्टीका क्षेत्रीय सभापतिहरुसँग बबरमहलमा आयोजित छलफलमा नेता सिंहले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उनीहरूको सेवामा खटिन निर्देशन दिएका हुन् ।

कोरोना भाइरसको त्राससँगै बजारमा अत्यावश्यक चिजहरुमा कृत्रिम अभाव सुरु बेला सिंहले जनजीवन सहज बनाउन भूमिका खेल्न निर्देशन दिएका हुन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery