www.tandavnews.com
Fact ~ In search of truth

सांसदको प्रश्नःसागका विजेतालाई पुरस्कार कहिले ?

काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद दीपा गुरुङले म्याग्दीको बेनीमा विद्यालयको सटरमा नै मदिरा बिक्री केन्द्र राखिएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कारवाहीको माग गरे । सांसद दिलकुमारी रावलले चितवनमा २०५० सालका बाढीपीडित अझै समस्या रहेकाले तिनको व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद प्रकाश पन्थले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)का स्वर्णपदक विजेतालाई प्रधानमन्त्री स्वयंले घोषण गर्नुभएको पुरस्कार खेलाडीले हालसम्म नपाएकाले तिनले कहिले पुरस्कार पाउँछन् भनी प्रश्न गरे । सांसद भगवती न्यौपानेले बजारमा अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेलाई कारवाही गर्न माग गरिन्। रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.