www.tandavnews.com
Fact ~ In search of truth

प्रमाण र शिक्षा विधेयकमाथिको संशोधन स्वीकृत

काठमाडौं ।

राष्ट्रियसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसैगरी बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ ।

Batas

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकको सर्वसम्मतिले पुनःपारित गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.