www.tandavnews.com
Fact ~ In search of truth

पोखरा चेम्बरको लेकसाइड इकाई गठन

पोखरा ।

पोखरा चेम्बर अफ कमर्सको लेकसाइड इकाई गठन भएको छ । पर्यटकीय क्षेत्र लेकसाइडका व्यवसायी समेटेर इकाई गठन गरिएको हो ।

व्यवसायीको भेलाले कमल भुजेलको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा नवराज अधिकारी र रिना पौडेल, महासचिवमा तुलसी दाहाल, सचिवमा विश्व आचार्य, कोषध्यक्षमा विकास कंडेल, सहकोषाध्यक्षमा अर्जुन सुवेदी छन् ।

Batas

इकाई समितिको सदस्यहरुमा अमृत अधिकारी, गोविन्द तिमिल्सिना, राजु सुवेदी, सुशील जिसी, शंकर गिरी, भेषराज अधिकारी, रामजी भण्डारी र राम शाह छन् । इकाईको सल्लाहाकारका गोपाल भुसाल र चेतभक्त सुवेदी छन् ।

पोखरा महानगरको वडा नम्बर ६, १८, २३ र २४ कार्यक्षेत्र हुने गरी इकाई गठन गरिएको नवनिर्मित समिति सदस्य अमृत अधिकारीले बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.