www.tandavnews.com
Fact ~ In search of truth

चीनपछि कोरोनाको इपिसेन्टर इटलीः२५ सय तीनको मृत्यु

ईयूले सीमा नाका ३० का लागि गर्यो बन्द

काठमाडौं ।

कोरोना भाइरस संक्रमणबाट इटलीमा हालसम्म २५ सय बढीको ज्यान गएको छ । इटलीमा २४ घण्टा भित्र थप ३ सय ४६ जनाको मृत्यु भएसँगै ज्यान जानेको संख्या २५ सय तीन नाघेको जनाइएको छ ।

यो सँगै चीनपछि कोरोनाको इपिसेन्टर इटली बन्न पुगेको छ । वर्ल्डओमिटर्सका अनुसार, ३१ हजार ५ सय ६ जना संक्रमित छन् । संक्रमित २ हजार ९ सय ४१ जनाको स्वास्थ्यमा सुधार भई घर फर्केका छन् ।

Batas

यस्तै युरोपियन देश स्पेनमा पछिल्लो २४ घण्टामा १ सय ९१ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट स्पेनमा ज्यान गुमाउनेको संख्या ५ सय ३३ पुगेको छ । फ्रान्समा १ सय ७५ र जर्मनीमा २६ जनाको ज्यान गएको छ ।

यसैबीच ईयूले २६ देशका सीमा नाका ३० दिनका लागि बन्द गर्ने निर्णय गरेको बताइएको छ ।कोरोना भाइरसबाट बितेको २४ घण्टामा विश्वभर ८२६ जनाको मृत्यु भएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.