www.tandavnews.com
Fact ~ In search of truth

मध्यरातमा पामेको ‘वन्स इन नेचर’मा प्रहरी पुग्दा …

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

घटना गएको रातको हो । रातको करिब २ बजे कास्की प्रहरी पामे पुग्यो । पामेबाट अलिकति माथी रहेको रिसाेर्ट ‘वन्स इन नेचर’मा लागुऔषध प्रयोग गर्दै केहि ब्यक्तिहरु मस्त झुमिरहेका थिए ।

सुचनाको आधारमा पुगेको प्रहरीले तत्काल एक्सन लिइहाल्यो । रिसोर्टमा रहेका ब्यक्तिहरुलाई तत्काल नियन्त्रणमा लिएर चेकजाँच गर्दा केही ब्यक्तिहरुसँग गाँजा र चरेस फेला पार्यो । उक्त लागुऔषध लिइरहेका ७ जना अहिले प्रहरी हिरासतमा छन् । जसमध्ये जर्मनीका १, नर्वेका ४, स्वीडेनका १ र एक नेपाली छन् । पक्राउ परेका नेपाली साेही रिसोर्टका संचालक सन्देश शर्मा हुन् ।

Batas

‘सुचनाको आधारमा त्यहाँ पुग्दा लागुऔषधसहित पक्राउ गरेका छौं । २२, २५ जनालाई चेक गर्यौं । ७ जनाबाहेक अरुलाई नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएन ’ जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले भने ।

ट्रान्स पार्टी त होइन सर ? ताण्डव न्यूजको प्रश्नमा एसपी कार्कीले भने ‘ट्रान्स पार्टी त भन्न मिल्दैन । केही ब्यक्तिहरु लागुऔषध प्रयोग गरेर बसिरहेका थिए । गाँजा र चरेस सहित भेटिएकाहरुलाई पक्राउ गरेका छौं ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.