www.tandavnews.com
Fact ~ In search of truth

कालोबजारी रोक्नुस :सांसद बस्नेत

काठमाडौं ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

विश्वमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका पारेर व्यापारीले कालोबजारी गरेको गुनासो चौतर्फी आएपछि जिल्ला प्रशासन कार्यालयदेखि स्थानीय तहसम्मलाई कालोबजारी नियन्त्रण गर्न उनले आग्रह गरेका हुन् ।

Batas

जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरमा हिजो(मङ्गलबार) भएको छलफलमा सांसद बस्नेतले जिल्लाका चारवटै नगरपालिकामा तत्काल विपद व्यवस्थापन समितिको बैठक राखेर कारोनाको सम्भावित विपद्को पूर्वतयारी गर्नुपर्नेमा जोड दिए । यसका लागि स्थानीय तह, स्वास्थ्यकर्मी, सञ्चारक्षेत्र, सुरक्षाकर्मी, स्वयंसेवकलगायत सबैको सक्रियता आवश्यक रहेको उनले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.