www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सतर्कता : हस्पिटालिटी नेपाल कन्टेस्टको फिनाले ‘पोस्टपोन्ड’

पोखरा
ताण्डव न्यूज ।

चौथो संस्करणकाे हस्पिटालिटी नेपाल कन्टेस्टको फिनाले मिति सारिएको छ । यहि १५ गतेका लागि तय भएको फिनाले कार्यक्रम सारिएको आयोजकले जनाएको हो ।

विश्वका विभिन्न मुलुकमा महामारीको रुप लिएको कोभिड १९ अर्थात कोरोना भाइरसलाई मध्यनजर गर्दै सतर्कता आपनाइएको आयोजक एपी इन्टरटेनमेन्टका अर्जुन पाण्डेले बताए । कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मकालागि फिनाले सारिएको उनको भनाई छ ।

Batas

‘कोरोना भाइरसको महामारीका कारण हामीले १५ गते हुने भनिएको फिनाले सारिएको छ । मिति यति नै गते भन्ने त छैन, महामारी अन्त्य नहुन्जेल हामी मिति तय गर्न सक्ने अवस्था रहेन’ पाण्डेले भने ‘नेपालमा नदेखिएपछि सतर्क त रहनै पर्यो नि । हामीले सतर्कता अपनाएका हौं ।’

चौथो संस्करणको यस कन्टेस्टमा १५ प्रतियोगि छन् । कन्टेस्टमा प्रथम हुनेले थाइल्याण्डको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । यसैगरि कन्टेस्टमा दोस्रो र तेस्रो हुनेले विभिन्न क्षेत्रको प्रोमोसनल भिडियोमा काम गर्ने अवसरका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् ।

हिमाअस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको यस कन्टेस्टलाई एस टू प्रोडक्सनले व्यवस्थापन गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.