www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीका ४८ हजार विद्यार्थीले एसइई दिँदै

पोखरा ।

बिहीबारदेखि शुरु हुने एसइई परीक्षामा गण्डकी प्रदेशबाट ४७ हजार ५१३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा कूल २२० परीक्षा केन्द्र निर्धारण गरिएको प्रदेश शिक्षा विकास निर्देशनालय पोखराका शाखा अघिकृत खेमराज पौडेलले जानकारी दिए । प्रदेशअन्तर्गका सम्पूर्ण जिल्लामा परीक्षाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

Batas

प्रदेश सदरमुकाम रहेको कास्कीबाट यस वर्षको एसइई परीक्षमा १० हजार ८४० जना परीक्षार्थी सहभागी हुने भएका छन् ।कूल २८९ विद्यालयका विद्यार्थी सहभागी हुने परीक्षाका लागि ३२ केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए । बत्तीस केन्द्र मध्ये पोखराको तालबाराही मावि परीक्षा केन्द्रमा महिला केन्द्राध्यक्ष रहेका छन् ।

सुवेदीका अनुसार परीक्षाका लागि आवश्यक उत्तपुस्तिका सम्बन्धित केन्द्रमा पुगिसकेका छन् भने प्रश्नपत्र नजिकको प्रहरी चौकीमा पुर्याइसकिएको छ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भाव्य संक्रमणबाट जोगिन प्रत्येक परीक्षाका केन्द्रमा एउटा कोठा आइसोलेसन कक्षका रुपमा छुट्याउन निर्देशन दिइएको र आवश्यकता अनुसार ‘हेल्थ डेक्स’ पनि स्थापना गर्न सकिने उनले जानकारी दिए ।

परीक्षालाई मर्यादित र भयरहित बनाउन आजै शिक्षक महासंघसहितका विभिन्न पेशागत संघ संगठनका पदाधिकारीबीच पनि छलफल गरिएको बताउँदै उनले सुरक्षालगायतका सम्पूर्ण व्यवस्था गरिएका कारण ढुक्कसँग परीक्षामा सहभागी बन्न विद्यार्थीलाई आग्रह गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.