www.tandavnews.com
Fact ~ In search of truth

राजपाका संयोजकमा भण्डारी

काठमाडौं ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलका संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष मण्डलको हिजो(मंगलबार) भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् ।

राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ । अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन् । यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.