काठमाडौं ।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (बिहीबार) देखि दैनिक भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोकेका हुन्।अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन्।
तर, आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।