www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा कैदीबन्दी भेटघाट बन्द

तनहुँ ।

सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो ।

कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले भने, ‘अत्यवश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ ।’अत्यावश्यक भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्यरूपमा मास्क लगाएर साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उनले बताए ।

Batas

उक्त कारागारमा चारगुणा बढी कैदीबन्दी छन् । पैतीस जना क्षमताको उक्त कारागारमा कैदी ८० र थुनुवा ६६ गरी हाल १ं४६ कैदीबन्दी छन् । कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण गरिए पनि सञ्चालनमा ल्याउन ढिलाइ भएका कारण गर्मी मौसम शुरुआतसँगै कैदीबन्दीले कठिनाइ भोग्नुपरेको उनले बताए ।

कारागार नजिक विद्युत्को थ्रीफेज नहुँदा सञ्चालन गर्न गाह्रो भएको छ । उनले भने, ‘विद्युत् प्राधिकरण कार्यालयसँग कुरा भइरहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।’

क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी राख्नुपर्दा उनीहरुलाई सुत्न र शौचालय जान समस्या हुने गरेको छ । कारागार परिसरमा निर्माण सम्पन्न गरिएको नयाँ बन्दीगृह सञ्चालनमा ढिलाइ भएका कारण कैदीबन्दीले सास्ती भोग्नुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.