www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मी बैंकद्धारा डस्टबिन हस्तान्तरण

पोखरा ।

महालक्ष्मी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित बास्तोलाथर टोलबासीलाई फोहोर फाल्ने डस्टविन हस्तान्तरण गरेको छ ।

चिप्लेढुंगा पोखरा शाखाका शाखा प्रवन्धक गोपीराज अधिकारीले ३५ थान डस्टविन हस्तान्तरण गरेका हुन् । वडाको वडा कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा अधिकारीले महानगरपालिका वडा ९, कास्कीका वडा अध्यक्ष रामराज लामिछानेलाई डस्टबिन हस्तान्तरण गरेका थिए ।

Batas

अधिकारीले बैकको गतिविधी तथा वित्तीय साक्षरता सम्वन्धी जानकारी दिएका थिए। कार्यक्रममा स्थानीय व्यक्ती सामाजिक प्रतिष्ठित व्यक्तित्वहरु साथै श्री सप्तरङगी यूवा कलबका सदस्य सहभागी रहेका थिए ।

महालक्ष्मी विकास बैक लि. ले नेपाल अधिराज्य भरी १०२ शाखा मार्फत वित्तिय सेवा प्रदान गर्दै आइरहेको र पोखरा म.न.पा भित्र ६ वटाशाखा मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.