www.tandavnews.com
Fact ~ In search of truth

लोकसेवा आयोगको परीक्षा स्थगित

काठमाडौं ।

लोकसेवा आयोगले परीक्षा स्थगन गरेको छ । आयोगका उपसचिव एकनारायण शर्माले कोभिड–१९ को संक्रमणका कारण आयोग पदाधिकारीको बैठकले यही चैत ८ गतेदेखि सञ्चालन हुने सबै परीक्षा चैत मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगन गरेको छ ।

Lama collectio News Middle

‘कोभिड–१९ ले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी हाललाई यही चैत ८ देखि चैत मसान्तसम्म आयोगद्वारा सञ्चालन हुने गरी पूर्वनिर्धारित निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थानतर्फ लिखित परीक्षाका कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको छ’, शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery