www.tandavnews.com
Fact ~ In search of truth

नेपाल टेलिकमद्धारा कोरोना भाइरसको जानकारी मूलक सन्देश

काठमाडौं।

कोरोना भाइरस सम्बन्धि सुचना तथा सन्देश विभिन्न माध्यममार्फत प्रवाह भइरहेको छ । यसैबीच नेपाल टेलिकमका नम्बरमा फोन गर्दा ‘एनटी सूचनाको संसार’ सेवामार्फत् कोरोना भाइरसको संक्रमणबाट हुने रोग कोभिड–१९ बारे जानकारीमूलक सन्देश राखेको छ। यो सन्देश मोबाइलमार्फत् ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको छ।

योसँगै फोन गर्दा जाने घन्टीको सट्टामा पनि कोरोना भाइरसको सन्देशमूलक जानकारी गराउने भएको छ। उक्त नम्बरमा कल गरे पश्चात् कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षण, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाय र अपनाउनु पर्ने सावधानीबारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरूका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।

Batas

साथै यससम्बन्धी थप जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरसमेत यहीबाट थाहा पाउन सकिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ।नेपाल टेलिकमले गत असार महिनादेखि नै ‘एनटी सूचनाको संसार’सेवा कम्पनीका मोबाइल ग्राहकलाई उपलब्ध गराइरहेको छ।

यो एक प्रकारको कल–इन सिस्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत् ३२१०० मा कल गरेर ध्वनि निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ। यसअघि एनसीएल कम्पनीले आफ्ना सिम प्रयोगकर्तालाई म्यासेजमार्फत कोरोना बाट बच्नका लागि गर्नुपर्ने सन्देश प्रवाह गरेको थियो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.