www.tandavnews.com
Fact ~ In search of truth

नवलपरासीमा ठुलो परिमाणमा हतियार बरामद

पोखरा ।

नवलपरासीमा ठुलो परिमाणमा हतियार तथा गोलिगठ्ठा बरामद भएको छ ।

नवलपरासी हुप्सेकोट गाउँपालिका वडा नम्बर–२ चपाहा धारापानीका ६३ वर्षीय तारा बहादुर वि.कको घरबाट हतियार बरामद भएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

Batas

उनको घरबाट भरुवा बन्दुक १ थान, २ थान निर्माण अवस्थामा रहेको भरुवा बन्दुकको नाल, १ थान घरेलु एअर गन, १ थान अटो पिस्टोल, ५ राउण्ड पिस्टोलको गोली, २ राउण्ड एस एल आरको गोली, १ राउण्ड ३ नट ३ राईफलको गोली, १ राउण्ड एम १६ को गोली, २ राउण्ड अन्य हतियारको गोली र २ थान सर्टगनको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

ताराले कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा यी हतियार भेटिएको हो । तारा प्रहरी हिरासतमा रहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.