www.tandavnews.com
Fact ~ In search of truth

ब्यानरको गलत प्रचार गरियोःराष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश

ब्यानर सचेतनामुलक गीतको छायांकनका लागि प्रयोग गरिएको :अध्यक्ष गुरुङ

पोखरा ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सिमित कलाकारहरुको उपस्थितिमा यहि चैत्र ५ गते जनचेतना मुलक लोकदोहोरी गीतको रेकर्डिङ तथा छायांकनमा प्रयोग भएको ब्यानर को गलत प्रचार भएको आज एक विज्ञप्तिमार्फत जनाइएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश सरकारको आयोजना, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश व्यवस्थापन र रिमझिम दोहोरी साँझ पोखरामा भएको कोरोना भाईरसको रोकथामका लागि सचेतनामुलक लोक दोहोरी कार्यक्रम २०७६ नामक ब्यानरका विषयमा प्रश्न उठेपछि प्रतिष्ठानले भिडभाड हुने किसिमको कुनै कार्यक्रम नगरेको र छायांकनका लागिमात्र ब्यानर प्रयोग गरिएको स्पष्ट पारको हो ।

Batas

कोरोना भाइरस संक्रमण तथा सन्त्रासलाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले भिडभाडमा नजान, सभासमारोह, मेला महोत्सव र मनोरञ्जनात्मक कुनैपनि कार्यक्रम नगर्न सुझाइरहँदा सामाजिक विकास मन्त्रालयनै आयोजक रहेको उक्त ब्यानर बाहिरिएपछि सामाजिक सञ्जालमा प्रश्न उठेको थियो ।

प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङको हस्ताक्षर रहेको विज्ञप्तीमा ‘कोरोना भाईरसको विश्वभर संक्रमण बढ्दै गएको र धेरै मानिसहरुलाई संक्रमित हुनबाट रोक्न दक्षिण एशियाका देशहरुले अनिवार्य रुपमा सबै उपायहरु अवलम्बन गर्नुपर्ने परिवेशलाई ध्यानमा राख्दै गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले समय समयमा विभिन्न सञ्चार माध्यमबाट सुचनाहरु सम्प्रेषण गरिरहेको र यस्तो अवस्थामा कलाकारको विशेष भूमिका हुनुपर्यो भनि सामाजिक विकास मन्त्री नरदेवी पुनको अनुरोधलाई सहर्ष स्वीकार गर्दै लोकदोहोरी कलाकारहरुले गीतसँगीतको माध्यमद्वारा रेडियो, टेलिभिजन, युट्युब च्यानल र सामाजिक सञ्जालमा कोरोना भाइरस रोगको रोकथाम एवं नियन्त्रणका लागि सचेतना फैलाउने हेतुले राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिको व्यवस्थापनमा सिमितकलाकारहरुको उपस्थितिमा यहि चैत्र ५ गते जनचेतना मुलक लोकदोहोरी गीतको रेकर्डिङ तथा छायांकन गरिएको उल्लेख छ ।’

अनलाईन मिडिया र सामाजिक सञ्जालमा प्रचारबाजी भएजस्तो आधिकारिक व्यक्तिसँग कुनै सम्पर्क नगरी कपोलकल्पित र तथ्यहिन समाचार सम्प्रेषण नगर्न अध्यक्ष गुरुङको आग्रह छ । प्रतिष्ठानले यसअघि कार्यसमिति, संरक्षक, सल्लाहकार, आजिवन सदस्य, कलाकारहरुको उपस्थितिमा कोरोना भाईरस सम्बन्धी सचेतनामूलक अभिमूखिकरण कार्यक्रम गरी ७ हजार प्रति पर्चा समेत सर्वसाधारणलाई वितरण गरिएको उनले बताए ।

दोहोरीगीत प्रतिष्ठानकै लगानीमा तयार गरिएको सचेतनामुलक म्युजिक भिडियो चैत्र ७ गते भोली(शुक्रबार) युट्युब, विभिन्न टेलिभिजन, रेडियोबाट प्रशारण गरिने उनले जनाए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.