www.tandavnews.com
Fact ~ In search of truth

कोरोना सतर्कता : चौथो विरेन स्मृति १४ औं बि.टी कप स्थगित

सरिता जिसी /विद्यार्थी पत्रकार,

ताण्डव न्यूज /पोखरा ।

बुद्धटोल युवा क्लब पोखराले आयोजना गर्ने भनिएको ‘ चौथो विरेन स्मृति १४ औं बि.टी कप’ केही समयको लागि स्थगित गरिएको छ ।

Batas

विश्वभर महामारीको रुपमा फैलिरहेको ‘कोभिड १९’ कोरोना भाईरसको उच्च सर्तकता अपनाउदैँ चैत १९ देखी हुने भनिएको ‘बि.टी कप’ सेभेन ए साईड फुटबल प्रतियोगिता स्थगित गरिएको क्लबका उपाध्यक्ष असिम थापाले जानकारी दिए ।

उनका अनुसार क्लबका सदस्य स्व. बिरेन गुरुङको स्मृतिमा विगतका वर्ष देखि नै उक्त कप सञ्चालन गरिदै आएको छ ।

थापाले नेपाल सरकारको नयां सुचना जारी नगरेसम्म उक्त कप स्थगित गरिएको बताउदैँ पछि अर्को मिति तय गर्ने जानकारी दिए । उक्त प्रतियोगिताको अघिल्लो संस्करणहरुमा करिब ५० टिमको सहभागिता रहदैँ आएको थियो ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले कोरोनाको उच्च सतर्कता अपनाउदै चलचित्रघर, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, शारीरिक व्यायामस्थल, हेल्थ क्लब, सङ्ग्रहालय, स्विमिङपुल, मनोरञ्जनस्थल, डान्सबारहरु लगायतलाई बन्द गर्ने घोषणा गरिसेको छ ।

त्यस्तै सार्वजनिक स्थलमा २५ जना बढिको संख्यामा भेला हुन मनाही गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.