www.tandavnews.com
Fact ~ In search of truth

भारतीय चर्चित गायिका कनिका कपुरलाई कोरोना संक्रमण

एजेन्सी ।

भारतीय गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको जनाइएको छ ।

‘बेबी डल’ र ‘चिटियाँ कलैयाँ रे’ बाट चर्चामा आएकी भारतीय गायिका कनिका कपुरलाई कोरोना संक्रमणपछि लखनऊस्थित किङ जोर्जस् मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

Batas

उनी हाल आइसोलेसनमा रहेकी छिन्। १५ मार्चमा लण्डनबाट फर्किएकी कनिका ताज होटलमा भएको पार्टीमा सामेल भइकी थिइन्। पार्टीमा राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे र उनका छोरा भाजपा सांसद दुष्यन्त सिंह पनि रहेको जनाइएको छ ।

स्वास्थ्य विभागले पार्टीमा रहेका अन्य व्यक्तिलाईसमेत क्‍वारेन्टाइनमा राखेर अनुसन्धान गर्ने जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.