www.tandavnews.com
Fact ~ In search of truth

भयावह बन्यो इटली, कोरोनाबाट एकैदिन ६२७ को मृत्यु

काठमाडौं ।

इटलीमा कारोना भाइरसले भयावह स्थिती सिर्जना भएको छ । कारोना भाइरसकै कारण एकै दिन इटलीमा ६ सय २७ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । यो इटलीमा मृत्यु भएकाको संख्या मध्यकै हालसम्मकै धेरै हो।

Lama collectio News Middle

यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको सीएनएनले जनाएको छ

इटली सरकारले अवस्था भयावह बनेपछि अब प्रतिबन्ध कडा गर्न सेनालाई परिचालन गर्ने तयारीसमेत गरेको सीएनएनको समाचारमा उल्लेख छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop