www.tandavnews.com
Fact ~ In search of truth

कोभिड १९ : ट्रेड मलले सटरको भाडामा ५० प्रतिशत छुट दिने

पोखरा
ताण्डव न्यूज ।

‘पोखरा ट्रेड मल’ले व्यवसायीहरुलाई सटरको भाडामा ५० प्रतिशत छुट दिने भएको छ । परिस्थितीलाई मध्यनजर गर्दै सटरको चैत्र महिनाको भाडामा उक्त छुट दिइएको ट्रेड मलले जनाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण अर्थिक क्षेत्र अस्तब्यस्त भएको उल्लेख गर्दै मलले यस्तो निर्णय गरेको जनाएको हो । ‘कम्पनीले हालको विषम् परिस्थितीलाई मध्यनजर गर्दै मल भित्र व्यवसायरत व्यवसायीहरुलाई केही मात्रामा भएपनि राहात होस् भनि हालको लागि चैत्र महिनाको सटरको भाडामा ५० प्रतिशत छुट उपलब्ध गराउने निर्णय गरेको छौं’ मलका अध्यक्ष विन्दु कुमार थापाले भने ।

Batas

थापाले देशभरका उद्योग, व्यवसायहरु सबै खस्किरहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले पनि ब्याजदर कम्तिमा ५० प्रतिशत घटाउने व्यवस्था मिलाइदिन अनुरोध गरे । उनले यस परिस्थितीमा आ आफ्नो तर्फबाट सकेको सहयोग गर्न समेत आग्रह गरेका छन् ।

ट्रेड मलले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गर्दै हेल्थ डेस्क समेत स्थापना गरेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.